Skip to Content

निर्वाचन नतिजाहरू

चौबीसै घण्टा मतपत्र प्रशोधन र निर्वाचन नतिजाहरूको दैनिक अपडेट

RR/CC ले निर्वाचनको रातिदेखि शुक्रबार, नोभेम्बर 6 सम्म चौबीसै घण्टा मतपत्र प्रशोधन गर्नेछ। यस अवधिमा दिन र रातको सिफ्टमा काम गर्ने टोलीहरूले मतपत्रहरू प्राप्त गर्ने, जाँच गर्ने, प्रशोधन गर्ने र मतगणना गर्ने कार्य गर्नेछन्।

सञ्चारमाध्यम र सर्वसाधारणले यी कार्यहरूको अवलोकन गर्न सक्नेछन्। यसले मतगणनाका क्रममा अपनाइने प्रक्रिया र सुरक्षाका उपायहरूमा पारदर्शिता सुनिश्चित गर्न मद्दत गर्नेछ। थप मतपत्रहरूको प्रशोधन र गणना हुँदै जाँदा यस हप्ताभरि प्रत्येक दिन निर्वाचन नतिजाहरूको अपडेट पटक-पटक प्रकाशित गरिनेछ।

निर्वाचनको राति प्रकाशित नतिजाहरू प्रारम्भिक हुन् र थप योग्य मतपत्रहरूको प्रशोधन तथा गणना हुँदै जाँदा ती नतिजाहरू परिवर्तन भइरहनेछन्। निर्वाचनको आधिकारिक प्रमाणीकरण नभएसम्म RR/CC ले मतगणना तथा निर्वाचन परिणामहरूको अन्तिम समीक्षा प्रक्रियाभरि नतिजाहरूको अपडेट प्रकाशित गरिरहनेछ।

निर्वाचन नतिजा र सञ्चारमाध्यमका लागि स्रोतसामग्रीहरू

सर्वसाधारण र सञ्चारमाध्यमका लागि निम्न स्रोतसामग्रीहरू उपलब्ध छन्:

Icon - Close