थप जानकारी
मतदाता दर्ताको शपथपत्र भर्ने प्रयोजनका लागि मतदाताले उपलब्ध गराएको व्यक्तिगत जानकारी कानुनअनुसार कुन-कुन प्रयोजनमा प्रयोग गर्न अनुमति छ भन्नेबारे मतदातालाई पूर्ण रूपमा जानकारी गराइनुपर्छ भन्ने विधायिकाको उद्देश्य हो। (हेर्नुहोस्: ELEC § 2157.1)
तपाईंको मतदाता दर्ताको शपथपत्रमा उल्लेख गरिएको जानकारी निर्वाचन अधिकारीहरूले तपाईंलाई मतदान प्रक्रियासम्बन्धी आधिकारिक जानकारी पठाउन प्रयोग गर्नेछन्। यसमा मतदान केन्द्रहरूको स्थान तथा मतपत्रमा समावेश हुने प्रस्तावहरू र उम्मेदवारहरूबारे जानकारी समावेश हुन्छ। कानुनअनुसार मतदाता दर्तासम्बन्धी जानकारीको व्यावसायिक प्रयोग निषेध गरिएको छ र यस्तो कार्य सामान्य फौजदारी अपराध (मिस्डिमिनर) मानिन्छ। राज्य सचिवले निर्धारण गरेअनुसार निर्वाचन, शैक्षिक अनुसन्धान, पत्रकारिता, राजनीतिक वा सरकारी प्रयोजनका लागि मतदातासम्बन्धी जानकारी कुनै पदका उम्मेदवार, मतपत्रमा समावेश प्रस्तावसम्बन्धी समिति वा अन्य व्यक्तिहरूलाई उपलब्ध गराउन सकिन्छ। तर यी प्रयोजनका लागि तपाईंको सवारी चालक अनुमतिपत्र नम्बर, सामाजिक सुरक्षा नम्बर वा मतदाता दर्ता कार्डमा भएको तपाईंको हस्ताक्षर उपलब्ध गराउन पाइँदैन। मतदातासम्बन्धी जानकारीको प्रयोगबारे तपाईंलाई कुनै प्रश्न भएमा वा त्यस्तो जानकारीको दुरुपयोग भएको शङ्का लागेमा त्यसबारे उजुरी गर्न कृपया राज्य सचिवको मतदाता संरक्षण तथा सहायता हटलाइन (800) 345-VOTE मा फोन गर्नुहोस्।
ज्यानलाई खतरा हुने परिस्थितिको सामना गरिरहेका केही मतदाताहरू गोप्य मतदाता हैसियत प्राप्त गर्न योग्य हुन सक्छन्। थप जानकारीका लागि कृपया राज्य सचिवको Safe at Home कार्यक्रमलाई सम्पर्क गर्नुहोस्। (See ELEC § 2157.2)