Skip to Content

Los Angeles काउन्टीमा हुलाकद्वारा मतदान

Vote by Mail Notices

एक सुरक्षित, पहुँचयोग्य, र रूचाइएको मतदान विकल्प

Los Angeles काउन्टीका सबै दर्ता भएका मतदाताहरूलाई हुलाकमार्फत मतदान गर्नका लागि मतपत्र (VBM) पठाइनेछ। आफ्नो हुलाकमार्फत मतदान गर्ने मतपत्र फिर्ता पठाएर घरमै सुरक्षित रूपमा मतदान गर्नुहोस्।

हुलाकमार्फत मतदान गर्ने मतपत्रहरू निर्वाचनको दिनभन्दा कम्तीमा 29 दिन अघि पठाउन सुरु गरिन्छ।

तपाईंको मतपत्र कसरी फिर्ता गर्ने

तपाईंको मतपत्र कसरी फिर्ता गर्ने भन्ने बारे धेरै विकल्पहरू छन्:

यदि तपाईंको मतपत्रमा निर्वाचनको दिनसम्मको हुलाक छाप लागेको छ र हाम्रो विभागले त्यसलाई 7 दिनभित्र प्राप्त गर्छ भने (EC, § 3020(b).), उक्त मतपत्रलाई आवश्यक प्रक्रिया पूरा गरी, प्रमाणीकरण गरेर गणना गरिनेछ। समयमै प्राप्त होस् भनेर सुनिश्चित गर्न, हामी निर्वाचनको दिनभन्दा कम्तीमा 7 दिनअघि सम्म मतपत्र हुलाकमार्फत पठाउन सिफारिस गर्छौं।

डाउनलोड गर्नुहोस् र तपाईंको समुदायसँग बाँड्नुहोस्: हुलाकमार्फत मतदान गर्ने मतपत्र कसरी फिर्ता गर्ने

तपाईंको मतपत्र कसरी ट्र्याक गर्ने

मेरो मतपत्र कहाँ छ, सेवामा दर्ता गरेर आफ्नो हुलाकमार्फत मतदान गर्ने मतपत्रबारे व्यक्तिगत टेक्स्ट मेसेज, इमेल र/वा स्वचालित भ्वाइस सन्देशहरू प्राप्त गर्नुहोस्। यो सबै दर्ता भएका मतदाताहरूको लागि उपलब्ध एक नि: शुल्क सेवा हो जसले तपाईंलाई तपाईंको मतपत्र कहाँ छ र कहिले प्राप्त गर्ने आशा गर्न सक्नुहुन्छ भन्ने बारे अद्यावधिक जानकारी दिन्छ।

मेरो मतपत्र कहाँ छ मा दर्ता गर्नुहोस्

रिप्लेसमेन्ट मतपत्र अनुरोध गर्नुहोस्

यस निर्वाचनका लागि हामी तपाईंको हालको बसोबास ठेगाना वा अस्थायी ठेगानामा रिप्लेसमेन्ट मतपत्र हुलाकमार्फत पठाउन सक्छौं। यो एक पटकका लागि मात्र गरिएको अनुरोध हो र यसले तपाईंको मतदाता दर्ताको विवरण स्थायी रूपमा परिवर्तन गर्दैन। नयाँ मतपत्र अनुरोध गर्ने अन्तिम दिन मंगलबार, अक्टोबर 27 हो।

रिप्लेसमेन्ट मतपत्र अनुरोध गर्नुहोस् 

तपाईंको मतपत्र प्राप्त भएको र गणना गरिएको छ कि छैन जाँच गर्नुहोस्

मतदाताहरूले हुलाकमार्फत मतदानको स्थिति जाँच गर्ने उपकरण प्रयोग गरेर आफ्नो मतपत्र प्राप्त भएको र गणना गरिएको छ कि छैन पुष्टि गर्न सक्छन्।  

हुलाकमार्फत मतदानको स्टाटस हेर्ने प्रणाली हरेक रात अपडेट गरिन्छ। यदि तपाईंले BallotTrax (ब्यालट ट्र्याक्स) बाट पुष्टिकरण सूचना प्राप्त गर्नुभयो भने, VBM स्टाटस प्रणालीमा तपाईंको मतपत्रको स्टाटस भोलिपल्ट देखिनेछ।  

के तपाईंलाई आफ्नो हुलाकमार्फत मतदान गर्ने मतपत्र लिन प्रतिनिधि चाहिन्छ?

हुलाकमार्फत मतदान गर्ने मतपत्र लिन प्रतिनिधि आवश्यक पर्ने प्रतिनिधिमार्फत रिप्लेसमेन्ट हुलाक मतपत्र प्राप्त गर्ने आवेदन भरी फिर्ता बुझाउनुपर्छ।

प्रतिनिधिको बयान (चरण 8) रजिष्ट्रार कर्मचारीको उपस्थितिमा हस्ताक्षर गर्न आवश्यक छ। यो आवेदन मतदाताको प्रतिनिधिद्वारा रजिष्ट्रार-रेकर्डर/काउन्टी क्लर्कलाई व्यक्तिगत रूपमा प्रदान गर्नु पर्छ। मतदाताको प्रतिनिधिलाई सोही दिन मतदाताको रिप्लेसमेन्ट हुलाकमार्फत मतदान गर्ने मतपत्र (VBM) उपलब्ध गराइनेछ।

कागजी आवेदन कसरी फिर्ता गर्ने 

कागजी आवेदन Los Angeles काउन्टी रजिस्ट्रार-रेकर्डर/काउन्टी क्लर्क कार्यालयमा बुझाउनुपर्छ। हाम्रो कार्यालयले आवेदन प्राप्त गरी आवश्यक प्रक्रिया पूरा गरेपछि, आवेदनमा दिइएको ठेगानामा नयाँ हुलाकमार्फत मतदान गर्ने मतपत्र (VBM) पठाइनेछ।

फिर्ता बुझाउनका लागि यी सजिला विकल्पहरू उपलब्ध छन्:

Vote by Mail

Registrar-Recorder/County Clerk

PO Box 60002

City of Industry, CA 91716-0002

अर्को भाषामा मतपत्र अनुरोध गर्नुहोस्

L.A. काउन्टीले 18 भाषाहरूमा पूर्ण भाषा सेवा र / वा सहायता प्रदान गर्दछ।

आफ्नो मतपत्र वा निर्वाचनसम्बन्धी सामग्री नेपाली प्राप्त गर्न वा नेपाली भाषामा सिधै कुरा गर्न 213-257-8829 मा फोन गर्नुहोस्, वा हाम्रो बहुभाषिक सेवा शाखा को 800-815-2666 मा फोन गरी विकल्प 3 छान्नुहोस्।

हुलाकमार्फत मतदान गर्ने मतपत्रको हस्ताक्षर प्रमाणीकरण र हस्ताक्षर छुटेको अवस्था

वर्ष बित्दै जाँदा तपाईंको हस्ताक्षरमा परिवर्तन आउन सक्छ भन्ने हामी बुझ्छौं। यदि तपाईंले हुलाकमार्फत मतदान गर्ने मतपत्र फिर्ता पठाउँदा प्रयोग गरेको खाममा भएको हस्ताक्षर हाम्रो मतदाता दर्ता अभिलेखमा रहेको हस्ताक्षरसँग मेल खाएन, वा तपाईंले खाममा हस्ताक्षर नगरी मतपत्र फिर्ता पठाउनुभयो भने, हामी तपाईंलाई हुलाकमार्फत जानकारी दिनेछौं। हस्ताक्षर नमिलेको वा हस्ताक्षर नभएको मतपत्रको अवस्थामा, कृपया हस्ताक्षर प्रमाणीकरण तथा हस्ताक्षर नभएको मतपत्रसम्बन्धी विवरणपत्र भरी फिर्ता पठाउनुहोस्।

तपाईंको पहिचान प्रमाणित गर्न र तपाईंको मतपत्र गणनाका लागि प्रक्रिया अघि बढाउन हस्ताक्षर आवश्यक छ।

Icon - Close