Skip to Content

हुलाकमार्फत पहुँचयोग्य मतदान

Interactive Sample Ballot

हुलाकमार्फत पहुँचयोग्य मतपत्रको सुविधाले मतदाताहरूलाई आफ्नै व्यक्तिगत उपकरण प्रयोग गरी आफ्नो मतपत्र गोपनीय र स्वतन्त्र रूपमा खोल्न, पढ्न र मतदानका लागि छनोट गर्न सक्षम बनाउँछ। 

तपाईंको मतपत्र कसरी फिर्ता गर्ने

हुलाकमार्फत पहुँचयोग्य मतपत्र प्रयोग गर्ने मतदाताहरूले प्रिन्ट गरिएको मतपत्र आधिकारिक फिर्ती खाममा राखेर फिर्ता गर्नुपर्नेछ।

तपाईंको मतपत्र कसरी फिर्ता गर्ने भन्ने बारे धेरै विकल्पहरू छन्:

  • हुलाकमार्फत, याद गर्नुहोस् हुलाक टिकट आवश्यक पर्दैन
  • हुलाकमार्फत मतदान गर्न तोकिएको कुनै पनि मतपत्र ड्रप बक्समा आफैँ गएर मतपत्र खसाल्नुहोस्
  •  L.A. काउन्टीको कुनै पनि मतदान केन्द्रमा

यदि तपाईंको मतपत्रमा निर्वाचनको दिनसम्मको हुलाक छाप लागेको छ र हाम्रो विभागले त्यसलाई 7 दिनभित्र प्राप्त गर्छ भने (EC, § 3020(b).), उक्त मतपत्रलाई आवश्यक प्रक्रिया पूरा गरी, प्रमाणीकरण गरेर गणना गरिनेछ।

डाउनलोड गर्नुहोस् र तपाईंको समुदायसँग बाँड्नुहोस्: हुलाकमार्फत मतदान गर्ने मतपत्र कसरी फिर्ता गर्ने

तपाईंको आधिकारिक फिर्ती खाम हराएको छ?

आफ्नो आधिकारिक मतपत्र फिर्ता गर्ने खाम हराएका मतदाताहरूले निम्न उपायहरू अपनाउन सक्छन्:

  • मतपत्रसम्बन्धी शपथपत्र फाराम प्रिन्ट गरी भर्नुहोस् र आफूले मतदान गरेको मतपत्रसँगै फिर्ता पठाउनुहोस्
  • आफ्नो खाममा प्रिन्ट गरिएका मतपत्रका पानाहरूसँगै मतपत्रसम्बन्धी शपथपत्र फाराम पनि राख्नुहोस्
  • मतदान गरिएको मतपत्र र मतपत्रसम्बन्धी शपथपत्र फाराम निम्न ठेगानामा हुलाकमार्फत पठाउनुहोस्:

    County of Los Angeles
    Registrar-Recorder/County Clerk
    12400 Imperial Highway
    ATTN: Vote by Mail Unit
    Norwalk, CA 90650
  • यसलाई कुनै पनि आधिकारिक मतपत्र ड्रप बक्समा खसाल्नुहोस्
  • यसलाई कुनै पनि मतदान केन्द्रमा बुझाउनुहोस् (मतदान केन्द्र खुला भएको समयमा)

आफ्नो हुलाकमार्फत पहुँचयोग्य मतपत्रको समीक्षा गर्नुहोस्

हुलाकमार्फत पहुँचयोग्य मतपत्रको सुविधाले मतदाताहरूलाई आफ्नै व्यक्तिगत उपकरण प्रयोग गरी गोपनीय र स्वतन्त्र रूपमा आफ्नो मतपत्र खोल्न, पढ्न र मतदानका लागि छनोट गर्न अनुमति दिन्छ। आफ्नो छनोटहरू जाँच गरिसकेपछि, मतदाताहरूले मतपत्र कागजमा छापेर आधिकारिक फिर्ती खाममा राख्नुपर्छ। त्यसपछि उक्त खाम हुलाकमार्फत फिर्ता पठाउन वा  L.A. काउन्टीको कुनै पनि आधिकारिक मतपत्र ड्रप बक्स वा मतदान केन्द्रमा गएर बुझाउनुपर्छ।

सुरु गर्नुहोस्


तपाईंको मतपत्र कसरी ट्र्याक गर्ने

मेरो मतपत्र कहाँ छ, सेवामा दर्ता गरेर आफ्नो हुलाकमार्फत मतदान गर्ने मतपत्रबारे व्यक्तिगत टेक्स्ट मेसेज, इमेल र/वा स्वचालित भ्वाइस सन्देशहरू प्राप्त गर्नुहोस्। यो सबै दर्ता भएका मतदाताहरूको लागि उपलब्ध एक नि: शुल्क सेवा हो जसले तपाईंलाई तपाईंको मतपत्र कहाँ छ र कहिले प्राप्त गर्ने आशा गर्न सक्नुहुन्छ भन्ने बारे अद्यावधिक जानकारी दिन्छ।

मेरो मतपत्र कहाँ छ मा दर्ता गर्नुहोस्

तपाईंको मतपत्र प्राप्त भएको छ र गणना गरिएको छ कि छैन भनेर कसरी जाँच गर्ने 

मतदाताहरूले हुलाकमार्फत मतदानको स्थिति जाँच गर्ने उपकरण प्रयोग गरेर आफ्नो मतपत्र प्राप्त भएको र गणना गरिएको छ कि छैन पुष्टि गर्न सक्छन्।


हुलाकमार्फत पहुँचयोग्य मतपत्र कसरी प्रयोग गर्ने र फिर्ता गर्ने


प्राय: सोधिने प्रश्नहरू

  • हुलाकमार्फत पहुँचयोग्य मतदान भनेको के हो? हुलाकमार्फत पहुँचयोग्य मतदान एउटा यस्तो सुविधा हो, जसले मतदाताहरूलाई आफ्नै व्यक्तिगत उपकरण प्रयोग गरी गोपनीय र स्वतन्त्र रूपमा आफ्नो मतपत्र खोल्न, पढ्न र आफूले चाहेको उम्मेदवार वा विकल्पमा चिन्ह लगाउन सहज बनाउँछ।
  • यदि मसँग हुलाकमार्फत मतदान गर्ने मतपत्र फिर्ता पठाउने खाम छैन भने के गर्ने?
    कृपया हामीलाई (213) 257- 8829 मा फोन गर्नुहोस् वा हुलाकमार्फत मतदान गर्ने नयाँ मतपत्र प्याकेट अनुरोध गर्न  votebymail@rrcc.lacounty.gov ईमेल पठाउनुहोस्।
  • मैले मतदान गरिसकेको हुलाकमार्फत पहुँचयोग्य मतपत्र कसरी फिर्ता गर्ने?
    तपाईंले आफ्नो मतपत्र निर्वाचनको दिन वा सोभन्दा अगाडिको हुलाक छाप लाग्ने गरी हुलाकमार्फत पठाउन सक्नुहुन्छ। वा निर्वाचनको दिन बेलुका 8 बजेसम्म कुनै पनि आधिकारिक मतपत्र ड्रप बक्समा खसाल्न वा मतदान केन्द्रमा बुझाउन सक्नुहुन्छ। यी स्थानहरूको सूची हेर्न LAVOTE.GOV मा जानुहोस्।
  • मैले मतदान गरिसकेको हुलाकमार्फत पहुँचयोग्य मतपत्र कहिलेसम्म फिर्ता गर्नुपर्छ?
    तपाईंको मतपत्र निर्वाचनको  दिन बेलुका 8 बजेसम्म प्राप्त भएको वा सो समयसम्मको हुलाक छाप लागेको हुनुपर्छ।

हामीलाई सम्पर्क गर्नुहोस्

केही प्रश्नहरू छन्? कृपया हाम्रो कार्यालयको नेपाली भाषा सहायता नम्बर (213) 257- 8829 मा फोन गर्नुहोस् । तपाईं हामीलाई ravbm@rrcc.lacounty.gov मा ईमेल पनि पठाउन सक्नुहुन्छ।

 

Icon - Close