आधिकारिक भिडियो प्रत्यक्ष प्रसारणहरू
यो भिडियो सर्वसाधारणलाई जानकारी प्रदान गर्ने उद्देश्यले वास्तविक समयमा प्रत्यक्ष प्रसारण गरिएको हो र काउन्टीले यसलाई रेकर्ड गर्दैन वा सुरक्षित राख्दैन।
मतगणनासम्बन्धी कार्यहरू
हुलाकमार्फत प्राप्त मतपत्रहरू र मतदान केन्द्रहरूमा खसालिएका मतपत्रहरूको केन्द्रीय मतगणना केन्द्रमा स्क्यान गर्ने कार्य। निर्वाचनको दिन बेलुका 8:00 बजे सबै मतदान केन्द्रहरू बन्द भएपछि मात्र आधिकारिक मतगणना र निर्वाचन परिणाम सार्वजनिक गर्ने कार्य सुरु हुनेछ।
मतगणनासम्बन्धी कार्यहरूको क्यामेरा 1
मतगणनासम्बन्धी कार्यहरूको क्यामेरा 2
हुलाकमार्फत मतदानसम्बन्धी कार्यहरू
हुलाकमार्फत फिर्ता प्राप्त भएका प्रत्येक मतपत्रको फिर्ती खाममा रहेको हस्ताक्षरलाई अभिलेखमा रहेको मतदाताको हस्ताक्षरसँग तुलना गरी हस्ताक्षर प्रमाणीकरण गर्ने उपकरणमार्फत जाँच गरिन्छ। यदि कुनै मतपत्र क्षतिग्रस्त भएको छ भने, त्यसलाई पुनः तयार गर्ने विभागमा पठाइन्छ, जहाँ मतदाताले मूल मतपत्रमा लगाएका चिन्हहरू हुबहु कायम राखी नयाँ मतपत्र तयार गरिन्छ। हस्ताक्षर प्रमाणीकरण प्रक्रिया पूरा भएका हुलाकमार्फत प्राप्त मतपत्रहरूलाई फिर्ती खामबाट निकालिन्छ, समीक्षा गरिन्छ र निर्वाचनको राति प्रशोधन तथा मतगणनाका लागि तयार पारिन्छ।
प्राप्त हुलाकको निगरानी क्यामेरा
हुलाकमार्फत प्राप्त मतपत्रको हस्ताक्षर प्रमाणीकरण क्यामेरा
हुलाकमार्फत प्राप्त मतपत्र खामबाट निकाल्ने कार्यको क्यामेरा
हुलाकमार्फत प्राप्त मतपत्र पुनः तयार गर्ने कार्यको क्यामेरा
मतपत्र प्राप्ति तथा मतगणनापूर्वको जाँच प्रक्रिया
मतदान केन्द्रहरूबाट प्राप्त मतपत्रहरू सुरक्षित रूपमा सङ्कलन गरी भण्डारण स्थलमा ढुवानी गरिन्छ र मतगणनाका लागि तयार पारिन्छ। सबै प्रोभिजनल मतपत्रहरू र ससर्त मतदाता दर्ताअन्तर्गत खसालिएका मतपत्रहरूलाई मतगणनाका लागि पठाउनुअघि समीक्षा गरी तयार पारिन्छ।
मतगणनापूर्वको जाँच तथा मतपत्र प्राप्ति प्रक्रियाको क्यामेरा
मतगणनापूर्वको जाँच प्रक्रियाको क्यामेरा