Skip to Content

विद्यार्थी निर्वाचन कर्मचारी कार्यक्रम

Student Election Workers

Los Angeles काउन्टीको विद्यार्थी निर्वाचन कर्मचारी कार्यक्रमले हाई स्कूलका विद्यार्थीहरूलाई Los Angeles काउन्टीका निर्वाचनहरूमा निर्वाचन कर्मचारीका रूपमा सेवा गर्ने रोमाञ्चक अवसर प्रदान गर्छ।

यस कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो सेवाबापत भत्ता प्राप्त गर्नुका साथै लोकतान्त्रिक प्रक्रियाबारे प्रत्यक्ष रूपमा सहभागी भएर व्यावहारिक अनुभव हासिल गर्ने उत्कृष्ट अवसर पनि पाउँछन्।

तपाईंको सेवाका लागि धन्यवाद

रजिस्ट्रार-रेकर्डर/काउन्टी क्लर्क डिन सी. लोगानद्वारा निर्वाचन कर्मचारीहरूलाई दिइएको सन्देश।

परामर्श सूचना — पूर्वानुमान बजार र निर्वाचनसम्बन्धी कार्य

आवश्यक योग्यताहरू

विद्यार्थी निर्वाचन कर्मचारीका रूपमा सहभागी हुन इच्छुक विद्यार्थीहरूले निम्न आवश्यकताहरू पूरा गरेको हुनुपर्छ:

  • निर्वाचनको समयसम्म कम्तीमा 16 वर्ष उमेर पुगेको हुनुपर्ने
  • सार्वजनिक वा निजी माध्यमिक शिक्षण संस्था (हाई स्कूल) मा अध्ययनरत हुनुपर्ने
  • अमेरिकी नागरिक वा संयुक्त राज्य अमेरिकाको कानुनी स्थायी बासिन्दा (ग्रीन कार्ड धारक) हुनुपर्ने
  • शैक्षिक उपलब्धि राम्रो भएको हुनुपर्ने: GPA 2.5 वा सोभन्दा बढी हुनुपर्ने
  • शिक्षक र अभिभावक दुवैको सहमति प्राप्त गरेको हुनुपर्ने

विद्यार्थी निर्वाचन कर्मचारी बन्न आवेदन दिनुहोस्

पहिलो, सहमति फाराम योग्य विद्यार्थी, विद्यार्थीका अभिभावक वा संरक्षक र विद्यार्थीका शिक्षक वा परामर्शदाताको हस्ताक्षरसहित पूरा गर्नुपर्छ। सहमति फाराम डाउनलोड गर्नुहोस्।

दोस्रो, सहमति फाराम अनलाइन आवेदनमा संलग्न गर्नुहोस् (लिङ्क तल दिइएको छ)।

अनलाइन आवेदन पूरा गर्नुहोस्:

अहिले नै आवेदन दिनुहोस्

विद्यार्थी निर्वाचन कर्मचारीहरूको जिम्मेवारीहरू

  • तालिममा सहभागी हुने
  • मतदान केन्द्र खोल्न र बन्द गर्न सहयोग गर्ने
  • दिनभरि मतदाताहरूलाई सहयोग गर्ने

विद्यार्थी निर्वाचन कर्मचारी बन्नुका फाइदाहरू

  • मतदान केन्द्रमा सेवा गरेको प्रत्येक दिनको $100 प्राप्त गर्ने
  • निर्वाचन कर्मचारीसम्बन्धी तालिममा सहभागी भएबापत $80 प्राप्त गर्ने
  • तोकिएका भाषाहरूमध्ये कुनै एक भाषा बोल्न सक्ने द्विभाषी निर्वाचन कर्मचारीहरूले $100 अतिरिक्त बोनस प्राप्त गर्ने (तल दिइएको भाषाहरूको सूची हेर्नुहोस्।)
  • सामुदायिक सेवा वा सेवामूलक सिकाइबापत क्रेडिट प्राप्त गर्ने
  • विद्यार्थी निर्वाचन कर्मचारीहरूले निर्वाचनमा सेवा गरेको दिन विद्यालयमा अनुपस्थित भए पनि उक्त अनुपस्थितिलाई स्वीकृत मानिनेछ
  • लोकतान्त्रिक प्रक्रियाबारे प्रत्यक्ष रूपमा सहभागी भई व्यावहारिक अनुभव हासिल गर्ने
  • कलेज भर्ना तथा छात्रवृत्तिका आवेदन र रिजुमेलाई प्रभावशाली बनाउन सहयोग पुग्ने

के तपाईं तल उल्लेख गरिएका भाषाहरूमध्ये कुनै भाषा बोल्नुहुन्छ? यदि बोल्नुहुन्छ भने, विद्यार्थी निर्वाचन कर्मचारीका रूपमा सेवा गरेर $100 द्विभाषी बोनस प्राप्त गर्न सक्नुहुन्छ!

  • Armenian/आर्मेनियाली
  • Bengali/बङ्गाली
  • Burmese/बर्मेली
  • Chinese/चिनियाँ
  • Farsi/फारसी
  • Gujarati/गुजराती
  • Hindi/हिन्दी
  • Hmong/हमोङ
  • Indonesian/इन्डोनेसियाली
  • Japanese/जापानी
  • Khmer/Cambodian/खमेर/कम्बोडियाली
  • Korean/कोरियाली
  • Lao/लाओ
  • Mongolian/मङ्गोलियाली
  • Nepali/नेपाली
  • Punjabi/पञ्जाबी
  • Russian/रुसी
  • Spanish/स्पेनी
  • Tagalog/Filipino/तागालोग/फिलिपिनो
  • Telugu/तेलुगु
  • Thai/थाई
  • Urdu/उर्दू
  • Vietnamese/भियतनामी

*द्विभाषी निर्वाचन कर्मचारी बोनस $100 प्राप्त गर्न तपाईंले आफूलाई तोकिएको सम्पूर्ण कार्यावधिभरि सेवा गर्नुपर्छ।

W-2 रिपोर्टिङ तथा IRS करसम्बन्धी आवश्यकताहरू

विद्यार्थी निर्वाचन कर्मचारीहरूको कर रिपोर्टिङसम्बन्धी जानकारी

स्रोतसाधनहरू

विद्यार्थी निर्वाचन कर्मचारी कार्यक्रमबारे थप जानकारीका लागि हामीलाई (213) 374-3869 मा फोन गर्नुहोस् वा इमेल पठाउनुहोस्: studentelectionworker@rrcc.lacounty.gov.

काउन्टीका निर्वाचन कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी सफ्टवेयर सम्झौता: Konnech, Inc. को PollChief सफ्टवेयर

पृष्ठभूमि तथा बारम्बार सोधिने प्रश्नहरू



L.A. काउन्टीमा विद्यार्थी निर्वाचन कर्मचारी कसरी बन्ने भन्नेबारे भिडियो हेर्नुहोस्।

अमेरिकी साङ्केतिक भाषा (ASL) मा L.A. काउन्टीको निर्वाचनसम्बन्धी अपाङ्गता तालिम हेर्नुहोस्।

L.A. काउन्टीको निर्वाचनसम्बन्धी अपाङ्गता तालिम विभिन्न भाषाका सबटाइटलसहित हेर्नुहोस् (उपलब्ध सबै भाषाहरूका लागि सेटिङहरू हेर्नुहोस्)।

निर्वाचन कर्मचारीहरूका लागि विवाद नगरी परिस्थिति सम्हाल्ने तरिकासम्बन्धी तालिम

Icon - Close