कन्डिसनल भोटर रजिस्ट्रेसन
निर्वाचनका लागि मतदाता दर्ताको समयसीमा छुटाएका Los Angeles काउन्टीका योग्य बासिन्दाहरूले अझै पनि काउन्टीको कुनै पनि मतदान केन्द्र (Vote Center) मा मतदान गर्न सक्छन्। California को निर्वाचन कानुनअनुसार, कन्डिसनल भोटर रजिस्ट्रेसन (CVR) मार्फत मतदाता बन्न चाहने व्यक्तिले सर्तसहित मतदाता दर्ता गरी मतदान गर्न सक्छन्।
यो प्रक्रिया कसरी काम गर्छ:
- कुनै पनि योग्य मतदाताले 11 दिने मतदान अवधिमा काउन्टीको जुनसुकै मतदान केन्द्र मा गएर मतदान गर्न सक्छन्।
- मतदान केन्द्रमा पुगेपछि योग्य मतदाताले कन्डिसनल भोटर रजिस्ट्रेसन (CVR) को आवेदन फाराम भर्नेछन्।
- त्यसपछि मतदातालाई नयाँ, पूर्ण रूपमा पहुँचयोग्य मतपत्रमा चिन्ह लगाउने उपकरण (BMD) मा प्रयोग गर्नका लागि कन्डिसनल भोटर रजिस्ट्रेसन (CVR) मतपत्र प्रदान गरिन्छ।
- मतदाताले आफ्नो मतपत्र पढ्ने र त्यसमा चिन्ह लगाउने प्रक्रिया अन्य मतदाताको जस्तै हुनेछ। तर, कागजी मतपत्र प्रिन्ट गरेपछि उक्त मतपत्र निर्वाचन कर्मचारीलाई बुझाउन निर्देशन दिइनेछ।
- CVR आवेदन प्रमाणित हुनासाथ मतदाताको मतपत्र गणना गरिनेछ र मतदाता दर्ता सक्रिय हुनेछ।
- त्यसपछि मतदाताले भविष्यमा आफू सहभागी हुन योग्य हुने कुनै पनि निर्वाचनमा मतदान गर्न सक्नेछन्।
रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसन
रिमोट कन्डिसनल भोटर दर्ता भनेको के हो?
रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसनमार्फत निर्वाचनभन्दा 15 दिनअघिको समयसीमाभित्र मतदाता दर्ता नगरेका केही योग्य व्यक्तिहरूले निर्वाचनको 14 दिनअघिदेखि रिमोट मतदाता दर्ता फाराम भर्न र प्रोभिजनल मतपत्र मार्फत मतदान गर्न सक्छन्।
के म रिमोट कन्डिसनल मतदाता दर्ता प्रयोग गर्न योग्य छु?
सैनिक तथा विदेशमा रहेका मतदाताहरू र अपाङ्गता भएका मतदाताहरूले रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसनमार्फत टाढैबाट मतदाता दर्ता गर्न र प्रोभिजनल मतपत्र प्रयोग गरी मतदान गर्न सक्छन्। यो सेवा माथि उल्लिखित समूहका त्यस्ता व्यक्तिहरूका लागि हो, जो मतदाता दर्ता भएका छैनन् र प्रत्यक्ष मतदानको अवधिमा मतदान केन्द्र (Vote Center) मा उपस्थित हुन सक्दैनन्।यदि तपाईं पहिले नै दर्ता भएको मतदाता हुनुहुन्छ भने, यो सेवा प्रयोग गर्न आवश्यक छैन र तपाईंले lavote.gov/ravbm मा गएर रिमोट पहुँचयोग्य भोट-बाई-मेल मतपत्रमार्फत मतदान गर्न सक्नुहुन्छ।
रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसन पूरा गर्ने चरणहरू
चरण 1: तपाईंको दर्ता प्रमाणित गर्नुहोस्
यदि तपाईं पहिले नै दर्ता भएको मतदाता हुनुहुन्छ भने, यो सेवा प्रयोग गर्न आवश्यक छैन। तपाईंको दर्ता प्रमाणित गर्न यहाँ क्लिक गर्नुहोस्। यदि तपाईं दर्ता भएको मतदाता हुनुहुन्छ भने, हुलाकमार्फत, मतदान केन्द्रमा व्यक्तिगत रूपमा उपस्थित भएर वा रिमोट एक्सेसिबल भोट-बाई-मेल (RAVBM) मतपत्र प्रयोग गरी सामान्य रूपमा मतदान गर्न सक्नुहुन्छ। यस्तो अवस्थामा तलका बाँकी चरणहरू पूरा गर्न आवश्यक छैन।
चरण 2: अनलाइन दर्ता गर्नुहोस्
- अनलाइन दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् कृपया तपाईंलाई प्रदान गरिएको दर्ता नम्बर नोट गर्नुहोस्, जसले हामीलाई तपाईंको दर्ताको प्रक्रिया छिटो गर्न मद्दत गर्दछ।
- यदि तपाईंसँग California को ड्राइभर लाइसेन्स वा परिचयपत्र (ID) छैन भने, तपाईंले मतदाता दर्ता फाराम प्रिन्ट गरी हस्ताक्षर गरेर पठाउनुपर्नेछ।
- तपाईंले मतदाता दर्ता फाराममा आफ्नो इमेल ठेगाना अनिवार्य रूपमा उल्लेख गर्नुपर्छ।
- यदि तपाईंले मतदाता दर्ता गर्दा आवश्यक परिचयसम्बन्धी जानकारी प्रदान गर्नुभएको छैन भने, तपाईं पहिलो पटक मतदान गर्ने मतदाता हुन सक्नुहुन्छ र तपाईंले आफ्नो बसोबासको प्रमाण पेश गर्नुपर्नेछ।
चरण 3: रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसन प्रयोग गरी प्रोभिजनल मतपत्र मार्फत मतदान गर्न चाहेको जानकारी हाम्रो कार्यालयलाई दिनुहोस्
राज्यको नियमअनुसार, हाम्रो कार्यालयले तपाईंको रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसन प्रक्रिया पूरा गर्न तपाईंले हामीलाई जानकारी गराउन अनिवार्य छ। यो सेवा प्रयोग गर्न चाहेको जानकारी हाम्रो कार्यालयलाई दिन यहाँ क्लिक गर्नुहोस् ।
तपाईंले रिमोट कन्डिसनल भोटर रजिस्ट्रेसनमार्फत प्रोभिजनल मतपत्र प्रयोग गरी मतदान गर्न चाहेको जानकारी गराएपछि हाम्रो कार्यालयले तपाईंलाई सम्पर्क गर्नेछ। हामी तपाईंलाई रिमोट एक्सेसिबल भोट-बाई-मेल मतपत्र कसरी भर्ने भन्नेलगायतका आवश्यक निर्देशनहरू प्रदान गर्नेछौँ।