पृष्ठभूमि
अनिवार्य भाषाहरू
Los Angeles काउन्टीले निर्वाचनसम्बन्धी जानकारी, सामग्री र सहायता २३ भाषामा उपलब्ध गराउँछ। तपाईं मतदाता दर्ता गर्दै हुनुहुन्छ, अनुवादित मतपत्र अनुरोध गर्दै हुनुहुन्छ वा मतदान केन्द्रमा सहायता खोज्दै हुनुहुन्छ भने, प्रत्येक चरणमा तपाईंलाई सहयोग गर्न आवश्यक स्रोतहरू उपलब्ध छन्।
सन् 1975 मा, सन् 1965 को मतदान अधिकार ऐन (Voting Rights Act–VRA) मा संशोधन गरी भाषिक अल्पसंख्यक समूहहरूले अर्थपूर्ण रूपमा मतदान गर्न सक्षम हुन आवश्यक भाषा सहायता प्राप्त गर्नुपर्ने व्यवस्था लागू गरियो। निश्चित संख्यात्मक मापदण्ड पूरा गर्ने भाषिक अल्पसंख्यक समूहहरूलाई काउन्टीले मौखिक भाषा सहायता तथा अनुवादित लिखित निर्वाचन सामग्री उपलब्ध गराउनुपर्छ। सन् 1982 र 1992 मा पारित मतदान अधिकार ऐनका संशोधनहरूका आधारमा, कुनै अल्पसंख्यक भाषाका लागि निर्वाचन सामग्री अनुवाद गरिनेछ यदि: (1) मतदान उमेर पुगेका नागरिकहरूमध्ये 5% भन्दा बढी एउटै भाषिक अल्पसंख्यक समूहका सदस्य हुन् र उनीहरूको अंग्रेजी भाषामा सीमित दक्षता छ; वा (2) मतदान उमेर पुगेका 10,000 भन्दा बढी नागरिक एउटै भाषिक अल्पसंख्यक समूहका सदस्य हुन् र उनीहरूको अंग्रेजी भाषामा सीमित दक्षता छ।
California को कानुनले मतदान अधिकार ऐन (VRA) ले तोकेको मापदण्ड पूरा नगर्ने थप भाषाहरूमा पनि अनुवादित “नमुना मतपत्र” (facsimile ballots) उपलब्ध गराउन काउन्टीहरूका लागि अतिरिक्त आवश्यकताहरू पनि तोकेका छन्। यी नमुना मतपत्रहरूमा अनुवादित सामग्री समावेश गरिएको हुन्छ, जसलाई मतदाताले अङ्ग्रेजी भाषाको मतपत्रसँगै राखेर हेर्न र अङ्ग्रेजी मतपत्रमा आफ्नो मत चिह्न लगाउँदा सन्दर्भका रूपमा प्रयोग गर्न सक्छन्। Los Angeles काउन्टीले California राज्यको कानुनी आवश्यकताभन्दा एक कदम अगाडि बढेर मतदाताहरूले सीधै आफ्नो मत चिह्न लगाउन सक्ने अनुवादित मतपत्रहरू उपलब्ध गराउँछ।
हामीले समर्थन गर्ने भाषाहरू
Los Angeles काउन्टीले हाल अङ्ग्रेजी तथा निम्न भाषाहरूमा निर्वाचनसम्बन्धी सामग्री उपलब्ध गराउनुका साथै हाम्रा टेलिफोन सहायता नम्बरहरू र मतदान केन्द्रहरूमार्फत मौखिक सहायता पनि प्रदान गर्दै आएको छ:
आर्मेनियाली | बंगाली | बर्मेली | चिनियाँ | कम्बोडियन/ख्मेर | फारसी | फिलिपिनो/टागालोग | गुजराती | हिन्दी | इन्डोनेसियाली | जापानी | कोरियाली | मङ्गोलियाली | रुसी | स्पेनी | तेलुगु | थाई | भियतनामी
तोेकिएका मतदान केन्द्रहरूमा प्रत्यक्ष रूपमा र फोनमार्फत पनि हमोङ, लाओ, नेपाली, पञ्जाबी र उर्दू भाषामा सहायता उपलब्ध हुनेछ।
सहायेता कसरी प्राप्त गर्न सकिन्छ
हाम्रो भाषा सहायेता हटलाइन मा फोन गर्नुहोस
नेपाली भाषा सहायताका लागि सिधै (213) 257-8829 मा फोन गर्नुहोस्, अथवा अन्य भाषा सहायताका लागि हटलाइन (800) 815-2666 मा फोन गरी विकल्प 3 रोज्नुहोस्।
के तपाईंसँग कुनै प्रश्न छ? हाम्रा 23 भाषामध्ये कुनै पनि भाषामा सहायता प्राप्त गर्न हामीलाई फोन गर्नुहोस्।
*यी LA County ले हालै मौखिक सहायता उपलब्ध गराउन थालेका नयाँ भाषाहरू हुन्
Los Angeles काउन्टीको बहुभाषिक मतदाता सेवा कार्यक्रम भाषासम्बन्धी सहायता आवश्यक पर्ने मतदाताहरूलाई सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो। हामी मतदाताहरूको प्रवृत्तिको विश्लेषण गर्ने, प्रविधिमा सुधार गर्ने तथा मतदाता र समुदायमा जनचेतना फैलाउने हाम्रा साझेदार संस्थाहरूबाट प्राप्त सुझावहरू सुन्ने माध्यमबाट यस कार्यक्रम र यसअन्तर्गत प्रदान गरिने सेवाहरूलाई निरन्तर सुधार गर्दै आएका छौँ। यस कार्यक्रमअन्तर्गत निम्न सेवाहरू प्रदान गरिन्छन्:
अनुवादित निर्वाचन सामग्री अनुरोध गर्नुहोस्
तपाईंले निम्न 18 भाषामध्ये कुनै एक भाषामा निर्वाचन सहायता अनुरोध गर्न सक्नुहुन्छ: आर्मेनियाली, बंगाली, बर्मेली, चिनियाँ, कम्बोडियन/ख्मेर, फारसी, फिलिपिनो/टागालोग, गुजराती, हिन्दी, इन्डोनेसियाली, जापानी, कोरियाली, मङ्गोलियाली, रुसी, स्पेनी, तेलुगु, थाई र भियतनामी।
के तपाईं नयाँ मतदाता हुनुहुन्छ? यदि तपाईंले अझै मतदाता दर्ता गर्नुभएको छैन भने, नयाँ मतदाता दर्ता फाराम भरी पेश गर्नुहोस्।तपाईं यहाँ अनलाइन आवेदन दिन सक्नुहुन्छ।
यदि तपाईं मतदाता दर्ता गरिसक्नुभएको छ भने, तपाईं निम्नमध्ये कुनै एक तरिकाबाट आफ्नो भाषा प्राथमिकता परिवर्तन गर्न अनुरोध गर्न सक्नुहुन्छ:
- यहाँ अनलाइन भाषा अनुरोध फाराम भर्नुहोस्
- आफ्नो नमुना मतपत्र पुस्तिका (Sample Ballot Book) को पछाडिपट्टि रहेको भाषा अनुरोध फाराम भरी फिर्ता पठाउनुहोस्
- नेपाली भाषा सहायता हटलाइन (213) 257-8829 मा फोन गर्नुहोस्
तपाईंले आफ्नो भाषा प्राथमिकता निर्धारण गरेपछि, भविष्यमा हुने प्रत्येक निर्वाचनका लागि अनुवादित सामग्री स्वतः प्राप्त गर्नुहुनेछ। यसमा तपाईंको हुलाकमार्फत मतदान गर्ने मतपत्र (Vote by Mail ballot) र नमुना मतपत्र पुस्तिका (Sample Ballot Booklet) समावेश हुन्छन्। नमुना मतपत्र पुस्तिकामा तपाईंले मतदान गर्न सक्ने दिन र तरिकाबारे जानकारी, उम्मेदवारहरूको सूचीसहितको नमुना मतपत्र तथा प्रस्तावसम्बन्धी जानकारी समावेश हुन्छ।
मतदान केन्द्रहरूमा द्विभाषिक सहायता
तपाईं Los Angeles County को कुनै पनि मतदान केन्द्रमा मतदान गर्न सक्नुहुन्छ र आफ्नो भाषामा सहायता अनुरोध गर्न सक्नुहुन्छ।
- मतपत्रमा मत चिह्न लगाउने उपकरण (Ballot Marking Device) मार्फत तपाईंले उपलब्ध १८ भाषामध्ये कुनै पनि भाषामा आफ्नो मतपत्र हेर्न र सुन्न सक्नुहुन्छ
- द्विभाषी निर्वाचन कर्मचारीहरू लाई समुदायको भाषासम्बन्धी आवश्यकताका आधारमा मतदान केन्द्रहरूमा खटाइएको छ
मतदान केन्द्रहरू र मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्ने विकल्पहरूबारे थप जानकारी प्राप्त गर्नुहोस्।
आफ्नो मतपत्र अनलाइन खोज्नुहोस्
दर्ता भएका मतदाताहरूले निर्वाचनको दिनअघि नै आफ्नो मतपत्र अनलाइन हेर्न सक्छन्। अन्तरक्रियात्मक नमुना मतपत्र (Interactive Sample Ballot) प्रयोग गरी आफ्नो फोनमा मतदानका विकल्पहरू हेर्नुहोस् र आफूले छनोट गरेका विकल्पहरू मतदान केन्द्रमा सँगै लैजानुहोस्।
अन्तर्क्रियात्मक नमुना मतपत्रबारे (Interactive Sample Ballot) थप जान्नुहोस्।
अन्य मतदाताहरूलाई सहयोग गर्न चाहनुहुन्छ?
यदि तपाईं अंग्रेजी र हामीले सेवा प्रदान गर्ने 23 भाषामध्ये कुनै एक भाषा बोल्नुहुन्छ भने, निर्वाचन कर्मचारी बन्ने बारे विचार गर्नुहोस्। यो आफ्नो समुदायलाई सेवा गर्ने अर्थपूर्ण माध्यम हो।
निर्वाचन कर्मचारी बन्नका लागि आवेदन दिने प्रक्रियाबारे थप जान्नुहोस्।
थप स्रोतहरू
विभागीय भाषा पहुँच योजना
रजिस्ट्रार-रेकर्डर/काउन्टी क्लर्कले सुपरभाइजरहरूको बोर्डद्वारा स्थापित काउन्टीव्यापी भाषा पहुँच नीतिअनुसार विभागीय भाषा पहुँच योजना: निर्वाचन कार्यक्रमहरू तयार गरेको छ। यस योजनाले निर्वाचन कार्यक्रमहरूमा भाषासम्बन्धी पहुँच सुनिश्चित गर्ने विभागको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ। हामी भाषासम्बन्धी अवरोधहरू कम गर्ने, सेवाहरूमा पहुँच बढाउने र मतदाताहरूलाई अरूको सहयोगबिना स्वतन्त्र रूपमा मतदान गर्न सक्षम बनाउने माध्यमबाट यो प्रतिबद्धता पूरा गर्छौँ।