Skip to Content

प्रोभिजनल मतदान

provisional-voting

California मा सन् 1984 देखि प्रोभिजनल मतदान (Provisional Voting) को व्यवस्था लागू हुँदै आएको छ। अस्थायी मतपत्रमा मतदान गरिसकेपछि, उक्त मतपत्रलाई गुलाबी रङको खाममा राखेर सुरक्षित रूपमा मतगणनाको प्रक्रियाका लागि राखिन्छ। निर्वाचन अधिकारीहरूले मतदाताको मतदाता दर्ता वैध रहेको र उक्त मतदाताले सोही निर्वाचनमा पहिले नै मतदान नगरेको पुष्टि गरेपछि मात्र अस्थायी मतपत्रलाई मतगणनामा समावेश गरिन्छ।

विगतका निर्वाचन अभिलेखअनुसार औसतमा 85  देखि 95 % अस्थायी मतपत्रहरू वैध ठहर भई मतगणनामा समावेश गरिएका छन्।

मतदाताहरूले निर्वाचनको दिनबाट 30 दिनपछि आफ्नो प्रोभिजनल मतपत्रको स्थिति जाँच गर्न सक्छन्

प्रोभिजनल मतपत्र प्रयोग गरी मतदान गर्ने प्रत्येक मतदातालाई आफ्नो मतपत्र मतगणनामा समावेश भयो कि भएन र समावेश नभएको भए त्यसको कारण थाहा पाउने अधिकार छ।

  • मतदाताहरूले निर्वाचन भएको 30 दिनपछि प्रोभिजनल मतपत्रको स्थिति जाँच गर्ने अनलाइन उपकरण प्रयोग गरी आफ्नो मतपत्रको स्थिति जाँच गर्न सक्छन्। आफ्नो मतपत्रको स्थिति जाँच गर्न तपाईंलाई निम्न जानकारी आवश्यक पर्छ:
    • तपाईँको थर
    • तपाईंको जन्ममिति
    • तपाईंको घरको नम्बर (तपाईंको घरको नम्बर मात्र, सडकको नाम आवश्यक पर्दैन)
  • कम्प्युटरको सुविधा नभएका मतदाताहरूले 213-257-8829  मा फोन गर्न सक्नुहुन्छ।

प्रोभिजनल मतदान कहिले आवश्यक पर्छ?

  • ईपोलबुक (ePollbook) मा मतदाताले मतदान केन्द्रमा उपस्थित भएर वा हुलाकमार्फत पहिले नै मतदान गरिसकेको देखिएमा
  • ईपोलबुक (ePollbook) मा मतदाताको स्थिति निष्क्रिय (INACTIVE) देखिएको र मतदाताले शपथ लिन अस्वीकार गरेमा
  •  ईपोलबुक (ePollbook) मा मतदाता काउन्टी बाहिरको मतदाता भएको देखिएमा
  • ईपोलबुक (ePollbook) मा नयाँ मतदाता भएको देखिएको र मतदाताले परिचयपत्र पेस नगरेमा

किन प्रोभिजनल मतदान?

  • अभिलेख राख्दा, प्रक्रिया पूरा गर्दा, कम्प्युटरमा वा अन्य कुनै कारणले त्रुटि भई ईपोलबुक (ePollbook) मा नाम नदेखिए पनि विधिवत् रूपमा दर्ता भएका कुनै पनि मतदाता मतदान गर्ने अधिकारबाट वञ्चित नहोऊन् भन्ने कुरा प्रोभिजनल मतदानले सुनिश्चित गर्छ।
  • प्रोभिजनल मतदानले रजिस्ट्रार-रेकर्डर / काउन्टी क्लर्कलाई कुनै पनि निर्वाचनमा कुनै मतदाताले भूलवश दुई पटक मतदान गरेको छ कि छैन भनेर जाँच गर्ने सुविधा प्रदान गर्छ।
  • मतदाताले मतदान गर्नका लागि दर्ता भएको काउन्टीको कुनै पनि मतदान केन्द्रमा प्रोभिजनल मतपत्र प्रयोग गरी मतदान गर्न सक्छन्। तर, मतदाताले मतदान गर्न योग्य भएका निर्वाचनका पद तथा प्रस्तावहरूमा दिएका मतहरू मात्र मतगणनामा समावेश गरिनेछन्।

हाम्रो प्रोभिजनल मतदानसम्बन्धी जानकारी पृष्ठ डाउनलोड गर्न र प्रिन्ट गर्न यहाँ क्लिक गर्नुहोस्।

याद राख्नुहोस्, कुनै शङ्का वा अन्योल भएमा प्रविजनल मतपत्र प्रयोग गरी मतदान गर्नुहोस्। मतदान केन्द्रमा जस्तोसुकै समस्या सामना गर्नुपरे पनि प्रविजनल मतपत्र प्रयोग गरी मतदान गर्न पाउनु मतदाताका रूपमा तपाईंको अधिकार हो। मतदान प्रक्रिया रोकिन्न, र अस्थायी मतपत्रले निर्वाचनको दिन सबै मतदातालाई मतदान गर्ने अवसर सुनिश्चित गर्न मद्दत गर्छ।

Icon - Close